०१ असार २०८३, सोमबार

४७ दिन सम्म हिउँमा पुरिएका युवाले अस्पतालमै मनाए जन्मदिन

कात्तिक २०, २०७४
४७ दिन सम्म हिउँमा पुरिएका युवाले अस्पतालमै मनाए जन्मदिन
काठमाडौं, १५ वैशाख - ४७ दिन सम्म हिउँमा पुरिएका ताइवानी युवकले अस्पतालको शय्यामै आफ्नो जन्म दिन मनाएका छन् । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि उनको जीवितै उद्दार गरिएको थियो । उनले अस्पतालमा २२ औं जन्मदिन मनाएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ताइवानी लियान सेङ यूले शुक्रबार जन्मदिन मनाए । उनको जन्मदिनमा सहभागि बन्न पर्यटन राज्यमन्त्री परशुराम तामाङ समेत पुगेका थिए ।

ताइवानी लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट खसेका थिए । लियान सेङ यूलाई उद्दारकर्मीले जिवीतै फेला पारेका छन् भने लिउ चेन युनको शव फेला परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्