३१ जेठ २०८३, आइतबार

बोको हरामको आक्रमणमा परी पाँच सैनिकको मृत्यु

कात्तिक २०, २०७४
बोको हरामको आक्रमणमा परी पाँच सैनिकको मृत्यु

कानो, नाइजेरिया, १५ वैंशाख –उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथ्थालाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

योबे र बोर्नो राज्यको बीचमा पर्ने स्थानमा आत्मघाती आक्रमणकारीले देशभक्त नेता अबु मुसएब अल बर्नावीलाई लक्ष्य गर्दै सो आक्रमण गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

मन्गुजुम गाउँमा सैनिकको एक जथालाई विस्फोटक पदार्थ बोकेको भ्यानद्वारा आत्मघाती आक्रमण गरेको एक सैनिक अधिकारीले जानकारी दिएका छन् ।

यस आक्रमणको दौरान पाँच सैनिक गुमाउनुको साथै विभिन्न स्तरमा ४० सैनिक घाइते भएका नाम नबताउने शर्तमा एक सैनिक अधिकारीले जानकारी दिएका छन् । उनी सुचना दिने अधिकारीक व्यक्ति नभएको नाम नबताएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्