०२ असार २०८३, मंगलबार

१ सय १७ काेराेना संक्रमित निकाे भएर घर फर्किए

१ सय १७ काेराेना संक्रमित निकाे भएर घर फर्किए
प्रतिकार्यात्मक तस्वीर।

काेराेना भाइरस (कोभिड-१९) संक्रमण भइ उपचार पश्चात घर फर्कनेकाे संख्या १ सय १७ पुगेकाे छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  डिस्चार्ज हुनेमा पुरुष १ सय ९ र महिला ८ छन्। 

उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन्। 

यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन्।  

salt training

कमेन्ट गर्नुहोस्