२५ असार २०८३, बिहीबार

विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषकै रकमबाटै उद्धार गर्नू : सर्वाेच्च

विदेशमा अप्ठेरोमा परेका कामदारलाई सरकारी कोषकै रकमबाटै उद्धार गर्नू : सर्वाेच्च

सर्वाेच्च अदालतले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषकै रकमबाट उद्धार गर्न सरकारका नाममा आदेश दिएको छ।

सर्वाेच्चका न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले रकम योगदान गरेको वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च निकालेर उद्धार गर्न आदेश दिएको हो। 

आदेशमा  ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’मा उनीहरुको योगदान रहने भएकाले कार्यविधि बनाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न भनिएको छ।

सरकारले विभिन्न देशबाट पहिलो चरणमा २४ हजार नागरिकलाई उद्धार गरी ल्याउने र उनीहरुबाट लिने भाडासमेत सार्वजनिक गरेको थियो।

विदेशमा अलपत्र परी स्वदेश फिर्ता हुनुपर्ने कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गर्नुपर्ने कानूनी व्यवस्था विपरीत रहेको भन्दै अधिवक्ता सोम लुइँटेल सर्वोच्च पुगेका थिए।     

salt training

कमेन्ट गर्नुहोस्