१५ असार २०८३, सोमबार

यी व्यक्ति, जसको तौल लकडाउनमा १ सय १ किलो बढ्यो

असार ३, २०७७
यी व्यक्ति, जसको तौल लकडाउनमा १ सय १ किलो बढ्यो

विश्वका अधिकांश मुलुकमा यतिखेर लकडाउन जारी रहेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएको हो ।

लकडाउनका समयमा मानिसको स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन थालेका छन् । घरभित्र नै बसिरहनुपर्दा मानिसहरू मोटोपनको शिकार हुन पुगेका छन् ।

चीनको वुहान प्रान्तमा एक अनौठो किसिमको घटना घटेको छ । एक २६ वर्षीय युवकको तौल ५ महिनामा १ सय १ किलोग्रामसम्म बढेको छ ।  एजेन्सीका अनुसार अहिले उनको स्वासप्रस्वासमा समस्या देखिएको छ । 

ती व्यक्तिको नाम झाउ हो । उनी एक साइबर क्याफेमा काम गर्दछे । उनी पहिलेदेखि नै मोटोपनको शिकार थिए । तर चीनमा लकडाउन जारी भएपछि त मोटोपन तीव्र गतिमा बढ्न थाल्यो ।

एजेन्सीका अनुसार गत डिसेम्वरमा उनको तौल १ सय ७८ किलो रहेको थियो । लकडाउनको समयमा पछिल्लो ५ महिनामा उनको तौल २ सय ७८ किलोग्राम पुगेको छ ।  

८ अप्रिलमा चीनमा लकडाउन हटाएपछि पनि झाउ भने आफ्नो मोटोपनका कारण हिडडुल गर्न सकेनन् । उनको स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्