
मुगु–नेपाली कांग्रेसले स्थानीय तहको लागि गाउँपालिका र नगरपालिकाको उम्मेदवार घोषणा गरेको छ ।
शुक्रबार नेपाली काँग्रेसले जिल्ला प्राबिधिक कार्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका र नगरपालिकाको उम्मेदवार घोषणा गरि फुलमाला र अबिरले स्वागत गरेको छ ।
छायाँनाथ रारा नगरपालिकाको मेयर पदमा हरिजंग शाही सोरु गाउँपालिकाको प्रमुख लोकबहादुर शाही र खत्याड गाउँपालिकाको प्रमुखमा लोकेन्द्र थापा मुगुम कार्मारोङ गाउँपालिकाको प्रमुखमा छिरिङ क्याप्ने लामा लाई सिफारिस गरेको छ ।

नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा नेकपा माओबादी केन्द्र संग सहकार्य गरि उपमेयर माओबादी केन्द्रका सुरबहादुर बुढा र उपप्रमुख इटोल लामा लाई दिइएको छ ।
सोरु, खत्याड गाउँपालिकाको महिला उपप्रमुख पद अझै टुंगो लगाउन सकेको छैन । मुगुका ४५ वडाका अध्यक्ष र सदस्य पद टुंगो लगाइएको छ ।