१५ असार २०८३, सोमबार

क्वारेन्टीनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण

क्वारेन्टीनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण

क्वारेन्टीनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५  र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टीनबाट घर पठाइएको  थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिए।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टीनमा बसेका थिए । 

उच्च सतर्कता
एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।  वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ । 

भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्