१५ असार २०८३, सोमबार

६ केजी चरेशसहित २ जना पक्राउ

६ केजी चरेशसहित २ जना पक्राउ
फाइल तस्वीर

ठूलो मात्रामा लागू औषध चरेशसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

मंगलवार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीमार्गबाट उनीहरूलाई महानगरीए प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्दै आएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर, ममगला गाउँपालिका वडा नम्बर ४ घर भई हाल नयाँ बसपार्कमै बस्दै आएका ४४ वर्षीय नन्द प्रसाद रोका रहेका छन् । 

प्रहरीले उनीहरूको साथबाट ६ केजी ५ सय ग्राम चरेश र २ थान मोबाइल बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्