३१ जेठ २०८३, आइतबार

१४ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक

असार ३, २०७७
१४ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक
फाइल फोटो।

पहिरो खसेपछि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड १४ घण्टापछि खुलेको छ। बिहान ४ः १५ बजे खसेको पहिरो दिउँसो ६ः ३० बजे पन्छाएर सडक नियमित गरिएको हो।
 
नारायणगढ-मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए।
 
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक खुलेसँगै सवारीहरू गन्तव्यतर्फ लागेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्