
लद्दाख घटनाबारे भारत र चीनबीच भएको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले परिणाम निकाल्न सकेन।
दुबै पक्षबीच फेरि वार्ता बस्ने सक्ने आकलन गरिएको छ।
सोमबार राति भारत चीन सीमामा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएको पुष्टि भएको थियो। चीनको तर्फबाट पनि हताहत भएको बताइए पनि सरकारी स्तरबाट पुष्टि भएको छैन।
यही घटनालाई लिएर बुधबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी चीन वांगबीच टेलिफोन वार्ता भएको थियो।
Talks between Major Generals of India and China in #GalwanValley are over. The talks have remained inconclusive as no immediate disengagement or change in ground has taken place. More talks to take place in the coming days: Sources pic.twitter.com/rRhfQgoJHj
— ANI (@ANI) June 17, 2020