२२ जेठ २०८३, शुक्रबार

आईजीपी प्रकरणः सरकारद्वारा अदालतमा यस्तो जवाफ पेस

कात्तिक २०, २०७४
आईजीपी प्रकरणः सरकारद्वारा अदालतमा यस्तो जवाफ पेस


काठमाडौँ, १५ वैशाख सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ ।Nawaraj-Silwal-supreme

सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

अदालतमा पेस गरिएको लिखितपत्रमा सरकारले प्रहरी नायब महानिरीक्षक सिलवालले आफ्नो कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी बनाएको उल्लेख छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी भएको बताइएको छ ।

सिलवालले तत्कालीन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएलगत्तै गत चैत १९ गते अदालतमा रिट निवेदन दायर गरी कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो अङ्क अर्यालभन्दा बढी रहेको उल्लेख गरेका थिए । सरकारले पठाएको सो लिखित जवाफबारे यही वैशाख १९ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्