११ असार २०८३, बिहीबार

लोकान्तर समाचार प्रभाव : संक्रमित ३ महिने बच्चाले बल्ल पाए आइसोलेसन बेड

असार ४, २०७७
लोकान्तर समाचार प्रभाव : संक्रमित ३ महिने बच्चाले बल्ल पाए आइसोलेसन बेड

रुपन्देहीको कञ्चन गाउँपालिका–५ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित ३ महिने बच्चाले बल्ल आइसोलेसन बेड पाएका छन् । 

कोरोना विशेष अस्पताल बुटवलमा बेड खाली हुँदाहुँदै पनि बालकका परिवारलाई बेड अभाव भएको बहाना बनाउँदै गाउँमै फर्काएर विद्यालयकै लुम्बिनी ज्ञान निकेतन माविको क्वारेन्टाइनमा राखिएको थियो ।

असार १ गते लोकान्तरले शिशुले पाएनन् आइसोलेसन बेड, तीन महिनाका संक्रमित शिशु क्वारेन्टाइनको चिसो छिंडीमा भनेर समाचार प्रकाशित गरेको थियो ।

समाचारपछि प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बच्चालाई तुरुन्त आइसोलेसन अस्पतालमा पठाउन निर्देशन दिएका थिए । बच्चालाई मंगलवार साँझ अस्पताल ल्याइएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डा. नेत्र रानाले मिडियामा समाचार प्रकाशित भएको भोलिपल्ट बच्चालाई तुरुन्त ल्याउन भनेपछि बच्चालाई अस्पतालमा भर्ना गरिएको बताए । उनले भने, ‘बच्चाको स्वास्थ्य अवस्था ठीक छ । एक्सरे पनि गरियो । बच्चाको अवस्था सामान्य छ ।’

बुधवार बच्चाको स्वाब पुनः संकलन गरे परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ । गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले मिडियामा समाचार आएपछि अस्पतालले बाध्य भएर बच्चालाई ल्याउन भनेको बताए । चौतर्फी दबाब पछि बल्ल बच्चाले आइसोलेसन पाएको बताए । 

गत शनिवार बच्चाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । वैशाख १२ गते बच्चाको परिवार भारतको नयाँदिल्लीबाट आएको थियो । ५ जनाको परिवार आएकोमा बच्चा र बच्चाकी हजुरआमालाई कोरोना देखिएको छ भने आमा र बुवामा संक्रमण देखिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्