०५ असार २०८३, शुक्रबार

सीमामा सशस्त्र प्रहरीको आवास बनाउँदै बर्दियाका स्थानिय

सीमामा सशस्त्र प्रहरीको आवास बनाउँदै बर्दियाका स्थानिय

बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन् ।  अनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा रु १० लाखमा आवासीय भवनको निर्माण शुरु गरेको छ ।

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन् । उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारूले बताए । 

बर्दियाका सबै पालिका मिलेर सीमामा आवास गृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र  बनाउन शुरु गरेका छन् ।  बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँच चौकी पाल र  त्रिपालबाट बनेका छन् । सर्पको बिगबिगी, हावाहुरी र वर्षाबाट  पालको बसाइ निकै असुरक्षित रहेको छ ।  

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको सशस्त्र प्रहरी ३१ नम्बर बाहिनीका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्