लद्दाखको गलवानमा चिनियाँ सैनिकहरूसँगको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्युपछि भारतमा अहिले चीनविरुद्ध आक्रोश फैलिएको छ ।
त्यसक्रममा भारतीयहरूले चिनियाँ सामान तोडफोड गर्ने र डढाउने अनि चीनका राष्ट्रपति सी चिनफिङको तस्वीर जलाउनेसम्मका काम गरेका छन्
तर यसक्रममा भारतीय जनता पार्टीका कार्यकर्ताले पश्चिम बंगालको आसनसोलमा बिहीवार उत्तर कोरियाका नेता किम जोङ उनको पुत्ला दहन गर्ने बताएका छन् । उनीहरूले किमलाई सी भन्ठानेका रहेछन् ।
चीनलाई बहिष्कार गरौं भन्दै नारा लगाउँदै उनीहरू पुत्ला जलाउँदै हिँडेका थिए ।
उनीहरूले किमलाई चीनको प्रधानमन्त्री भनी चित्रित गरेका थिए ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ र त्यसमा रमाइला प्रतिक्रिया आएका छन् ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
— Lavanya Ballal | ಲಾವಣ್ಯ ಬಲ್ಲಾಳ್ (@LavanyaBallal) June 18, 2020
pic.twitter.com/OlpjHDj1ej