०६ साउन २०८३, बुधबार

सांसद विकास कोषको रकम कोभिड- १९ कोषमा जम्मा गर्ने बाटो खुल्यो

सांसद विकास कोषको रकम कोभिड- १९ कोषमा जम्मा गर्ने बाटो खुल्यो

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन बाँकी रकम कोरोना उपचार कोषमा जम्मा गर्ने बाटो खुलेको छ ।

यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी सांसद विकास कोषको रकम सम्बन्धित सांसदले आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहको कोभिड- १९ उपचार कोषमा  जम्मा गर्न सक्ने गरी बाटो खोलिदिएको हो । 

यद्यपि असार १५ भित्र रकम जम्मा गरिसक्नुपर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

साथै बैठकले सीटीईभीटीको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

हेर्नुहोस्, निर्णयहरू :

salt training

कमेन्ट गर्नुहोस्