३१ जेठ २०८३, आइतबार

राेपाइँ अघि नै धानको मूल्य निर्धारण

राेपाइँ अघि नै धानको मूल्य निर्धारण
फाइल फोटो।

सरकारले राेपाइँ अघि नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेकाे छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्  बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य  तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियाे।

समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्