०५ साउन २०८३, मंगलबार

कोरोना संक्रमण फैलिएको क्षेत्र सिल गर्ने अख्तियारी प्रदेशलाई

कोरोना संक्रमण फैलिएको क्षेत्र सिल गर्ने अख्तियारी प्रदेशलाई

कोरोना भाइरस संक्रमितको संख्या ८ हजार नाघेसँगै संघले केही अधिकार प्रदेशलाई प्रत्यायोजन गरेको छ।

यसअघि कोरोना रोकथाम र नियन्त्रणका सन्दर्भमा संघ मातहतका कार्यालयबाट नै निर्देशनात्मक काम हुने तर प्रदेश सरकार समन्वयकारी भूमिकामा थियो।

तर, भिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबारको बैठकले  कोरोना संक्रमणको जोखिम मूल्यांकन गरी सम्बन्धित क्षेत्र सील गर्ने अख्तियारी प्रदेश सरकारलाई दिएको हो।

सिंगै जिल्ला वा सम्बन्धित पालिका सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको हो। त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने निर्णय बैठकले गरेको छ।

संक्रमणको जोखिममा रहेका फरक क्षमता भएका, बालबालिका, वृद्धहरुको उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ। 


 
 

salt training

कमेन्ट गर्नुहोस्