
काठमाडौँको डिल्ली बजारस्थित सदरखोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवनको गेट शुक्रबार राति भत्किएको छ।
लगातारको वर्षाका कारण कारागारको प्रयोगविहीन अवस्थामा रहेको पुरानो भवनको गेट भत्किएको र मानवीय क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर समेत पड्किएको थियो।
गेट भत्किँदा डिल्लीबजाको बाटो अवरुद्ध भएपछि जेसीबीको सहायतामा बाटो खाली गरिँदै छ।