२२ जेठ २०८३, शुक्रबार

चार हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाट गायब, यस्तो छ गायब हुनुका ४ सम्भावित कारण

कात्तिक २०, २०७४
चार हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाट गायब, यस्तो छ गायब हुनुका ४ सम्भावित कारण

काठमाडौँ, १६ बैशाख - राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको छ । आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।Petrol-drops-best_1
राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ । मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो । पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ ।

गायब हुनुका ४ सम्भावित कारण
१.चालक
ट्यांकरचालकले प्रत्येक च्याम्बरमा ग्यालेन राखेर इन्धन चोरी गर्न सक्छन् । विगतमा यसरी उनीहरूले इन्धन चोरी गरेको पुष्टि भइसकेको छ । च्याम्बरभित्र खाली ग्यालेन राख्ने र इन्धन ढुवानीका क्रममा उक्त ग्यालेन भरिन्छ । तर, च्याम्बरमा भएको तेल पाइपको सहायताले पम्पमा खसाल्दा ग्यालेनको तेल आउँदैन र पम्पले कम तेल पाउँछन् ।
२. मेसिनको खराबी
प्राविधिक खराबीका कारण डिस्पेन्सिङ पम्पले देखाएभन्दा बढी तेल फाल्न सक्ने अनुमान गरिएको छ । मालीको डिस्पेन्सिङ पम्पले डिस्प्लेमा ३ हजार ९ सय १ लिटर देखाउने, तर तेलचाहिँ ३ हजार ९ सय ८८ लिटर फालेको हुन सक्ने अनुमान छ ।
३. चोरीको ट्यांकी जडान
पम्प परिसरमा निगमको स्वीकृति लिएर अन्डरग्राउन्ड ट्यांकी बनाइन्छ । तर, सोही ट्यांकीसँग जोडेर निगमलाई थाहै नदिई अन्डरग्राउन्डमै अर्को ट्यांकी बनाउने र दुई ट्यांकीलाई पाइपको सहायताले जोडेर राख्न सकिन्छ । यस्तो भएको खण्डमा स्वीकृति लिएर राखेको ट्यांकीमा तेल खन्याउँदा अवैध रूपमा बनाइएको अर्को ट्यांकीमा पाइपको सहायताले निश्चित तेल जान्छ । र, ट्यांकरबाट खन्याएभन्दा कम तेल पम्पले वितरण गरेर बाँकी तेल अवैध ट्यांकीमा लुकाएर राख्न सक्छन् ।
४. ट्यांकीबाट चुहावट
अन्डरग्राउन्डको ट्यांकीमा कुनै खराबी आएर इन्धन चुहावट हुन सक्ने आँकलन गरिएको छ । मंगलबार माली आयलमा ट्यांकरबाट २५ मिनेटमा ट्यांकीमा तेल खसालिएको थियो भने ट्यांकीबाट नोजलको सहायताले पुनः ट्यांकरमा तेल हाल्न २ घन्टा ३० मिनेट लागेको थियो । छोटो अवधिमा ८७ लिटर तेल चुहावट भयो भन्ने मुस्किल छ ।

salt training

कमेन्ट गर्नुहोस्