काठमाडौंँ, १६ वैशाख - ‘हर्न’ निषेधित क्षेत्रपछि अब काठमाडौंँ उपत्यकामा जथाभावी बाटो काट्ने यात्रुलाई जरिवाना गरिने भएको छ । जेठ १ गतेदेखि जथाभावी बाटो काटेमा पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए ।

जथाभावी बाटो काट्ने पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना हुने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गरिने जानकारी उनले दिए, आजको गोरखापत्रमा खबर छ ।