०२ असार २०८३, मंगलबार

सुदूरपश्चिममा एकैदिन ६९ जनामा कोरोना पुष्टि

असार ६, २०७७
सुदूरपश्चिममा एकैदिन ६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ।

कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार कोरोना पुष्टि भएकाहरूमा डडेल्धुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुई/दुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन्।  

salt training

कमेन्ट गर्नुहोस्