
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।
आइतवार बिहान थप १६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या कुल ५ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको हो । गण्डकी प्रदेशमाका ११ वटै जिल्लामा संक्रमण फैलिन गएको छ ।
पछिल्लो विवरण अनुसार प्रदेशका बागलुङका ९, म्याग्दीका ४, पर्वतका २ र तनहुँका १ गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३३ वर्षीया महिला छन् अन्य सबै १५ जना पुरुष हुन् ।
उनीहरू सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ताका डा. विनोदबिन्दु शर्माले जनाए ।
