बेलायतको रेडिङ शहरमा एक व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा तीनजना व्यक्तिको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
प्रहरीले तत्कालको अनुसन्धानमा यो आतंकवादी घटना नभएको बताएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, स्थानीय समयअनुसार साँझ ६ बजे एक पुरुष फोरबरी गार्डन्समा भेला भएका मानिसलाई चक्कु प्रहार गर्दै हिँडेका थिए । त्यो ठाउँ लन्डनबाट ६५ किलोमिटर टाढा छ ।
हत्या आरोपित एक व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य थप आरोपितको खोजी नगरिएको उसले जानकारी दियो ।
‘जनतालाई थप खतरा रहेको संकेत दिने कुनै सूचना छैन तर हामी मानिसहरूलाई सतर्क रहन र केही शंकास्पद कुरा देखेमा प्रहरीलाई खबर गर्न आग्रह गर्छौं,’ डिटेक्टिभ चीफ सुपरिटेन्डेन्ट इयन हन्टरले बताए ।