०८ असार २०८३, सोमबार

पहिरो खसेपछि अरूण नदीको केही भाग थुनियो

पहिरो खसेपछि अरूण नदीको केही भाग थुनियो
तश्वीर : अनुरागी क्लिक्स्

संखुवासभाको बोयामफेदीमा पहिरो जाँदा अरुण नदीको केही भाग थुनिएको छ ।

केही दिनअघि देखि परेको अविरल वर्षाका कारण शनिवार राती पहिरो जाँदा अरुण नदीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

जिल्लाको मकालु गाउँपालिका २ र ५ मा पर्ने यस स्थानमा पहिरो जाँदा  २ घर विस्थापित भएको छ । जोखिममा परेका २ घरलाई स्थानीय, प्रहरी लगायतको टोलीले उद्दार गरेको छ ।

'पहिरो गएको बिहान मात्रै थाहा भयो । छिट्टै त्यहाँ गएर हेर्न सक्ने अवस्था रहेन,' घिमिरेले लोकान्तरसँग भने,'नजिकै सेनाले काम गरिरहेकाले सेना पनि त्यहाँ पुगेको र प्रहरी पनि पुगिसकेको अवस्था छ । हामी चाहीं गएका छैनौं ।'

उनले पहिरोका कारण अरूण नदीको केही भाग थुनिएको बताएका छन् । 'लेदो थुप्रिएपछि केही भागमा पानी जमेको छ । पानीको बहाव नै रोकिएको भने हैन,' उनले भने ।

घटनाको विस्तृत विवरण आइनसकेको उनले जानकारी दिए । 
यता मौसम विभागले मकालुमा पहिरो जाँदा अरुण नदी आ‌ंशीक रूपमा थुनिएको बताउँदै अरूण तुर्केघाट केन्द्रमा जलसतह एक्कासी ०.३ मिटर घटेर बढ्न थालेको जनाएको छ ।

नदी करिव १५-३० मिनेट सम्म आंशिक रूपमा थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ ।

विभागले तटिय क्षेत्रमा सतर्कता अपनाउन समेत अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्