०५ असार २०८३, शुक्रबार

ओखलढुङ्गामा पनि देखियो कोरोना

असार ७, २०७७
ओखलढुङ्गामा पनि देखियो कोरोना
प्रतिकार्यात्मक तस्वीर।

 ओखलढुङ्गामा पनि एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए। सङ्क्रमित  लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्।

आइतबार पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।  –पूर्णप्रसाद न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्