चीनले भारतको लद्दाख, सिक्किम र अरुणाचल प्रदेशमा ठूलो संख्यामा फाइटर विमान, बमवर्षक विमान र हेलिकप्टर तैनाथ गरेको छ ।
अनि उसले पांगोङ त्सोको फिंगर ४ भन्दा पर भारतीय सैनिकहरूको गश्ती रोक्नका लागि आक्रामक कारवाही र निगरानी बढाएको छ ।
चीनले होटान, नग्यारी, शिगात्से र नयिंगचीमा अतिरिक्त फाइटर जेटहरू राखेको हो । लद्दाखको हट स्प्रिङमा पनि भारी संख्यामा सैनिक र हतियार तैनाथ गरिएको छ ।
चीनको यो गतिविधिले भारतको देपसाङ, मुर्गो, गलवना, हट स्प्रिङ, कोयूल, फूकचे र देमचोकमाथिको खतरा बढेको छ ।
भारतले पनि चीनको यस चुनौतीको सामना गर्नका लागि तयारी बढाएको छ ।
दुई देशका सेनाबीचको बैठक चलिरहेका छन् ।
चीनले अग्ला भूभागमा उडाउन सहज हुने लडाकू विमान जे–११ र जे–१६एसलाई लद्दाखसँग जोडिएको क्षेत्रमा तैनाथ गरेको छ ।
चीनको शेययाङ जे११ रुसको सुखोई एसयू२७ को चिनियाँ संस्करण हो । यो फाइटर जेट निकै टाढाको लक्ष्यसम्म आक्रमण गर्न समर्थ छ ।