०२ असार २०८३, मंगलबार

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण, असफल भएको अमेरिकाको दाबी

कात्तिक २०, २०७४
उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण, असफल भएको अमेरिकाको दाबी

काठमाडौं, १६ वैशाख–उत्तर कोरियाले वेल्यास्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाका सेनाले यसको दावी गरेको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार मिसाइल छोडेको केही समयमा नै विस्फोट भएको थियो ।

समाचार एजेन्सी रोयटर्सले अमेरिकी सरकारको एक सूत्रलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरको आणविक मिसाइल परीक्षण असफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परीक्षणले आफ्नो मुख्य सहयोगी चीनलाई सम्मान नगरेको देखिएको छ ।

दक्षिण कोरियाका सेना प्रमुखका अनुसार यो मिसाइल राजधानी प्योङयाङको उत्तर स्थित प्योनगान प्रान्तको एक परीक्षणस्थलमा स्थानीय समय अनुसार विहान परीक्षण गरिएको थियो ।

यस विषयमा उत्तरले भने केही प्रतिक्रिया जनाएको छैन ।

अमेरिकी विदेशमन्त्रीले विश्वका बाँकी देशलाई उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्नका लागि दबाब दिन आह्वान गरेको हेही घण्टापछि नै उत्तरले यो परीक्षण गरेको हो ।

दक्षिण तथा उत्तर कोरियाले ठूलो मात्रामा सैन्य अभ्यास गरेका कारण कोरियाली प्रायद्विपमा तनाव बढेको छ ।
करिब एक हप्ता पहिला पनि उत्तर कोरियाको मिसाइल परीक्षण असफल भएको थियो । अमेरिकी सेनाका अनुसार उत्तरले मिसाइल परीक्षण गरेको केही समयमा नै विस्फोट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्