
अमेरिकाको नर्थ क्यारोलाइनामा आइतवार राति भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
गोलीबाट बच्नका लागि भाग्दै गरेका पाँच अन्यलाई कारले हिर्काएका थिए । शार्लेटमा मध्यरात गरिएको पार्टीमा घटना हुँदा भीड तितरबितर भएको थियो ।
प्रहरी बीयट्टिस फोर्ड रोड नामक घटनास्थलमा आइपुग्दा सडकमा सयौं मानिस थिए ।
आपतकालीन सेवाहरू आइपुग्दा अनेकौं गोली चलेको शार्लेट–मेकलेनबर्ग प्रहरी डेप्युटी चीफ जोनी जेनिङ्सले बताए ।
जेनिङले गोली चलाउनेहरू भएको एकभन्दा बढी भएको प्रमाण रहेको बताए तर सोमवार बिहानसम्म कसैलाई हिरासतमा लिइएको छैन ।
भाग्दै गरेका पाँचजनालाई गाडीहरूले हिर्काएका थिए र तिनलाई अस्पताल लगिएको थियो । अन्य सात घाइतेलाई पनि सँगै लगिएको थियो ।
अस्पतालमा रहेका १२ जना घाइतेको अवस्था स्पष्ट भएको छैन ।