०२ असार २०८३, मंगलबार

विभिन्न मुद्दामा फरार २ जना पक्राउ

विभिन्न मुद्दामा फरार २ जना पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई काठमाडौंको वसन्तपुरबाट पक्राउ गरिएको छ । 

जबरजस्ती करणी मुद्दामा २०७६ असार ३ गतेदेखि फरार रहेका काठमाडौं महानगरपालिका १३ बस्ने २४ वर्षीय राजन महर्जनलाई पक्राउ गरि जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाका  प्रहरी नायव उपरीक्षक राजकुमार केसीले  जानकारी दिए  ।

यस्तै चोरी र लागू औषध मुद्दामा फरार रहेका रोमन महर्जनलाई पनि पक्राउ गरि कारागार पठाइएको  छ । २०७५।०२।०८ को फैसलाले १ महिना १६ दिन कैद र रु। १४,०००।  जरीवाना हुने ठहरी फरार रहेका रोमन महर्जनलाई चन्द्रागिरीको बलम्बुबाट पक्राउ गरिएको उनले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्