
कलाकार वीरबहादुर तामाङको प्रस्तुती तथा गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको सिर्जनामा ‘हामी किसान’ नामक गीत बजारमा आएको छ।
कृषि प्रधान देश नेपालमा कृषि कर्मको सम्भावनाबारे जनचेतना फैलाउने प्रस्तुत गीतले भोकमरी रोक्नलाई, निर्यात घटाउनका लागि कृषिकर्म गर्न सबैलाई आग्रह गरेको छ।
गीतमा आफ्ना पुर्खाले गर्दै आएको पेशालाई अबको पुस्ताले प्रोत्साहन दिनु पर्ने सन्देश दिन खोजिएको छ।
कलाकार बाबु जिम्बाको समेत आवाज रहेको प्रस्तुत गीतमा एरेन्ज, संगीतकार कारसाङ लामा, गायकद्धय आकाश र सन्तोष तामाङले आवाज दिएका छन्।
कारसाङ लामाको संगीत तथा म्यूजिक एरेन्ज रहेको गीतको चलदृश्यको निर्देशन सर्जक बाबु जिम्बाले गरेका छन्। सेवा फिल्मको आधिकारिक यूटुव च्यानलबाट बजारमा आएको प्रस्तुत गीतको भिडियो सम्पादन आशिष जिम्बाले गरेका हुन्।
भिडियाेका लागि यहाँ क्लिकगर्नुस्