३१ असार २०८३, बुधबार

क्वारेन्टाइनबाट घर पठाइएका एकै नगरपालिकाका ५८ मा कोरोना पुष्टि

असार ८, २०७७
क्वारेन्टाइनबाट घर पठाइएका एकै नगरपालिकाका ५८ मा कोरोना पुष्टि

कैलालीको लम्किचुहा नगरपालिकामा  पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ।

 लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्। 

सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले  जानकारी दिइन्। गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

salt training

कमेन्ट गर्नुहोस्