११ असार २०८३, बिहीबार

बिबाह भन्दा दुई घण्टा पहिला गरे ‘रेप’, जन्म कैदको फैसला

कात्तिक २०, २०७४
बिबाह भन्दा दुई घण्टा पहिला गरे ‘रेप’, जन्म कैदको फैसला
विवाह भन्दा केही घण्टापहिला बलात्कार गरेको भन्दै एक व्यक्तिलाई बेलायतको एक अदालतले जन्म कैदको फैसला गरेको छ ।

दोषी व्यक्तिको नाम डेरी फ्लीन मैक्केन हो र उनलाई यस वर्ष जनवरी १३ मा एक महिलामाथि बलात्कारमा दोषी पाइएको थियो ।

घटना पूर्वी लण्डनको हैकनी इलाकाको हो जब मैक्केनले आफ्नो विवाह भन्दा दुई घण्टा अघि एक महिलालाई बतात्कार गरेका थिए ।

स्नेर्सब्रुक क्राउन कोर्टका न्यायाधीशले मैक्केनलाइ राक्षस बताउदै कम्तिमा ९ वर्ष जेलमा विताउन भनेका थिए ।
दोषी मैक्कनलाई कोर्टले बलात्कार का तीन मामला, यौन उत्पीडन तथा डकैतीको मामलामा दोषी पाएको बताएको थियो ।

प्रहरीमा दर्ता गरिएको आरोपका अनुसार मैक्केनले पहिला महिलसँग बलात्कार गरेका थिए र उनलाई फेरि अपमानित भएका थिए । उनले महिलाको तस्वीर पनि लिएका थिए र मोबाइल पनि चोरेका थिए ।

प्रहरी जासूसका अनुसार मैक्कन कोही अर्की महिलाको पीछा गरिरहेका थिए । तर उनको आखाबाट ओझेल परेकी थिइन् । त्यसपछि उनले पीडितलाई भिक्टोरिया पार्क जंगलमा जबरजस्ती लगेर बलात्कार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्