×

NMB BANK
NIC ASIA

कोरोना संकट

पीसीआर परीक्षण साँघुरो : कोरोनाको डर कम, संक्रमण ज्यादा

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको सबैभन्दा बढी जोखिममा रहेको ५ नम्बर प्रदेशमा स्वाब संकलन र परीक्षणको गति सुस्ताएको छ ।

Muktinath Bank

पछिल्ला दिनमा प्रदेशका एउटै जिल्लामा १०० जनासम्म संक्रमित भेटिन थालेका छन् । अझै धेरै व्यक्ति संक्रमित हुनसक्ने प्रदेश सरकारको अनुमान छ तर स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को नयाँ निर्देशिका जारी गरेपछि परीक्षण र ‘कन्ट्याक ट्रेसिङ’को दायरा ह्वात्तै घटाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले लक्षण नभएकालाई २ हप्ता आइसोलेसनमा राखेर चेकजाँच विना नै डिस्चार्ज गरी संक्रमितको चाप घटाउने रणनीति अपनाएको छ ।
 
कोरोनाको लक्षण नदेखिएका व्यक्तिको परीक्षण नगरिने मापदण्ड नयाँ निर्देशिकामा बनेपछि परीक्षणको दायरा घटेको छ । ५ नम्बर प्रदेशका केही जिल्लामा समुदायमा समेत संक्रमण फैलिएको अवस्थामा परीक्षण र जाँचको अवस्था बढाउनुपर्नेमा सरकारले परीक्षण घटाउँदा संक्रमण जोखिम बढ्दै गएको छ । २ हप्ता क्वारेन्टीनमा बस्दा लक्षण देखिएपछि आरडीटी गर्दा पोजेटिभ आएकालाई मात्र पीसीआर परीक्षण गर्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशमा १२ वटा जिल्लामा ८५ हजार व्यक्ति क्वारेन्टीनमा बसेकोमा २६ हजार ६७९ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव डा. सागर न्यौपानेले २ हप्ता क्वारेन्टीनमा बसेर घर पठाउँदा संक्रमितमा रहेको सुसुप्त भाइरस समाजमा पुग्न सक्ने बताए ।

Vianet communication
Laxmi Bank

‘नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएर संक्रमण नदेखिएको होइन । संक्रमणले औसतमा ४ हप्तासम्म शरीरमा असर गर्न सक्ने हुँदा धेरैमा संक्रमणको शुरूआतमै समस्या जटिल नदेखिएको हुनसक्छ,’ डा. न्यौपानेले भने, ‘संक्रमण तीब्र र परीक्षण कम हुँदा झनै जोखिम बढेको छ । लक्षण नदेखिएकालाई पीसीआर नगरी पठाउँदा भारत, अमेरिका लगायत देशमा जस्तै संक्रमण विस्फोट हुन पनि सक्ने अवस्था छ । त्यसैले राज्यले जतिसक्दो पीसीआर गरेर घर पठाउँदा राम्रो हुन्छ ।’

प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७१३ पुगेको छ । क्वारेन्टीन पनि धमाधम खाली हुँदै गएका छन् । प्रदेशमा झण्डै २१ हजार व्यक्ति क्वारेन्टीनमा रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले पछिल्ला दिनमा स्वाब संकलन ‘स्लो’ भएको बताए । स्थानीय तहले शुरूआती चरणमा राहत वितरण गरेजस्तै ठूलो जनसंख्यालाई संक्रमणबाट जोगाउन मास्क वितरण गर्न आवश्यक देखिएको डा. न्यौपानेले बताए ।

प्रदेशको सबैभन्दा बढी संक्रमण देखिएको कपिलवस्तुका क्वारेन्टीन खाली भएका छन् । जेठ दोस्रो हप्तासम्म १५ हजारभन्दा बढी व्यक्ति क्वारेन्टीनमा रहेकोमा अहिले ६०० जनामा झरेको छ । कपिलवस्तुमा ७ हजार २०० जनाको स्वाब परीक्षण गरिएकोमा ७०० भन्दा बढी व्यक्ति संक्रमित पुगेका छन् । 

कपिलवस्तुबाट १२ हजारभन्दा बढी व्यक्तिलाई आरडीटी गरेर क्वारेन्टीनबाट घर पठाइएको प्रमुख भगतले बताए । २ हप्ता अघिसम्म प्रदेशका १ हजार ७९७ क्वारेन्टीनमा ४२ हजार व्यक्तिहरू रहेका थिए तर अहिले २१ हजार व्यक्ति मात्रै छन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा निर्देशक डा. विनोद गिरीले प्रदेशमा अझै ठूलो संख्यामा संक्रमित भेटिने बताए । ‘३ वटा मापदण्ड देखिएकालाई मात्र पीसीआर परीक्षण गरिन्छ । संक्रमित बिरामी, पोजेटिभको प्रत्यक्ष सम्पर्कमा आएका र आरडीटी पोजेटिभलाई मात्र पीसीआर जाँच गरिन्छ,’ उनले भने, ‘अझै ८ हजार ८२ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।’ प्रदेश सरकारले जोखिम बढ्ने भन्दै आईसीयूको क्षमता ८ बाट बढाएर २५० शय्या पुर्‍याउने योजना बनाएको छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले मानिसहरू पीसीआर जाँचमा मात्र केन्द्रित हुन पुगेको बताउँछन । राज्यले पीसीआर र आरडीटी जाँचको कुरा बुझाउन नसक्दा मानिसहरूले आरडीटी जाँच गर्न नमान्ने र पीसीआरमा जोड दिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x