३२ असार २०८३, बिहीबार

साउदी अरबमा मंगलवार ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

असार ९, २०७७
साउदी अरबमा मंगलवार ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

साउदी अरबको राजधानी रियादमा मंगलवार बिहान अनेकौं ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिएका छन् । 

साउदीमा रहेको अमेरिकी दूतावासले आक्रमणको पुष्टि गरेको छ । आक्रमण रियादको भवनमा गरिएको हो । यमनमा रहेका हूती विद्रोहीले यो आक्रमण गराएको बताइएको छ । 
 

हूतीहरूले रियादमा थप आक्रमण गर्न सक्ने अनुमान लगाइएको छ । 

सोमवार यमनमा हूती विद्रोहीले गरेको ड्रोन आक्रमणलाई साउदीले विफल बनाएको थियो । अरब गठबन्धनका प्रवक्ता कर्नेल तुर्की अल मलिकीले बताएअनुसार, हूती विद्रोहीहरूले ड्रोन आक्रमण गरेर नागरिक तथा आवासीय क्षेत्रलाई तारो बनाउन खोजेका थिए ।

आफूहरूले ती आक्रमण विफल पारेको उनले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्