×

NMB BANK
NIC ASIA

कोरोना निको भएको पुष्टि गरेर मात्रै अस्पतालबाट डिस्चार्ज, पीसीआर 'नेगेटिभ' अनिवार्य

असार ९, २०७७

NTC
Premier Steels

बागलुङबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

Muktinath Bank

आइसोलेसनमा १४ दिनसम्म बसेका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलवार डिस्चार्ज गरिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धौलागिरी क्याम्पसमा निर्मित आइसोलेसन वार्डमा उपचार गराइरहेका ६८ जना कोरोना संक्रमितमध्ये ११ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरू सबै पुरुष हुन् ।


Advertisment
Nabil box
Kumari

डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय १ जना, निसीखोला गाउँपालिका २९ र २२ वर्षीय २ जना, ताराखोला गाउँपालिका ३९ वर्षीय १ जना, बडीगाड गाउँपालिका २५, २५, ३९, ३२ र २२ वर्षीय ५ जना, बरेंङ गाउँपालिका १८ र २३ वर्षीय २ जना गरी ११ जना पुरुष छन् ।

Vianet communication

डा. पोखरेलले भने, ‘डिस्चार्ज हुनेहरूको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएकाले आज डिस्चार्ज गरिएको छ । उहाँहरूलाई कम्तीमा ७ दिन घरमा गएर पनि क्वारेन्टाइन बस्न भनिएको छ ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेनमा वा क्वारेन्टीनमा रहेका बिरामीमा कोरोनाको कुनै लक्षण नदेखिए डिस्चार्ज गर्न सकिने निर्देशिका जारी गरे पनि गण्डकीले हरेक बिरामीको पीसीआरपछि मात्र डिस्चार्ज गर्ने गरेको छ । 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जारी गरेको निर्देशिकाअनुसार नै जेठ २० गते स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देशभरका कोरोना अस्पताललाई सो निर्देशन दिएको थियो तर कार्यसञ्चालन केन्द्रले जेठ २२ गते अर्को निर्देशिका जारी गर्दै आरडीटी परीक्षणमा पोजिटिभ देखिएकालाई मात्र १४ दिन क्वारेन्टीनमा बसेपछि परीक्षण विना नै घर पठाउन भनिएको छ । अस्पतालमा उपचाररत नभई क्वारेन्टीनमा बसेकालाई मात्रै पठाउने गरी निर्देशिका सच्याइएको छ ।

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. पोखरेलले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार मन्त्रालयले त्यसो भने पनि गण्डकी सरकारले पीसीआर गरेर पठाउने भनेपछि हामीहरूले पीसीआर गरेर मात्रै पठाउने गरेका छौं । यसो हुँदा बिरामीलाई पनि ढुक्क हुने र समुदायमा पनि सम्भावित त्रास हुँदैन ।’ उनले पीसीआर चेक गर्ने वा नगर्ने भन्नेबारे समेत द्विविधा रहेको पनि दाबी गरे । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पीसीआर पुनः गर्दा संक्रमितको समेत मनोबल बढ्ने र उनीहरू समुदायमा जाँदा जनतामा सुरक्षाको प्रत्याभूति हुने भएकोले पीसीआर नेगेटिभपछि मात्र डिस्चार्ज गर्ने गरिएको बताए ।

‘हामीहरूले अहिलेको अवस्थामा बिरामीलाई व्यवस्थापन गर्न सकिरहेका छौं । भोलिको दिनमा चाप बढी भयो भने लक्षण नदेखिए घर पठाउन पनि सकिन्छ,’ उनले भने ।
  
गण्डकी प्रदेशमा हालसम्म ५५ जना कोरोना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । ४६४ जना आइसोलेन वार्डमा छन् । 

बागलुङमा मात्रै हालसम्म २३ जना डिस्चार्ज भएका छन् । त्यहाँ अझै ५७ जनाको उपचार भइरहेकोमा मंगलवार ८ जना थपिने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x