
पाल्पाको तानसेन नगरपालिका–११ मा सोमवार पहिरोले बगाएका सवारीसाधनमा परेका थप १ जनाको शव फेला परेको छ ।
यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले मंगलवार १ जनाको शव फेला परेको जानकारी दिए ।
मंगलवार भेटिएका अन्दाजी २० वर्षका पुरुषको सनाखन हुन सकेको छैन । २ जनाको घटनास्थलमै र १ जनाको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पहिरोमा ४ वटा सवारीसाधन पुरिएपछि प्रहरी, नेपाली सेना र स्थानीय उद्दारमा खटिएका थिए ।
पहिरोमा लु१क १९२८ नम्बरको ट्यांकर, लु२ख १३७६ नम्बरको मिनिट्रक, लु१च ७०११ नम्बरको अल्टो कार (ट्याक्सी), लु२त ७०४३ नम्बरको पीकअप जीप (कुखुरा बोक्ने) परेका हुन् । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर पश्चिम रिडी सडक खण्डमा रहेको छ ।