०४ साउन २०८३, सोमबार

रुखमा कार ठाेक्किदा दुर्घटना, दुई जनाको मृत्यु

रुखमा कार ठाेक्किदा दुर्घटना, दुई जनाको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा मंगलबार भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

प्रहरीका अनुसार वा १४च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो।

salt training

कमेन्ट गर्नुहोस्