१४ असार २०८३, आइतबार

भारत-चीन सीमा विवादः ५ सय करोड चिनियाँ लगानीलाई भारतको 'रेड सिग्नल'

असार ९, २०७७
भारत-चीन सीमा विवादः ५ सय करोड चिनियाँ लगानीलाई भारतको 'रेड सिग्नल'
फाइल फोटो।

भारतको महाराष्ट्र राज्य सरकारले चिनियाँ कम्पनीको  ५ सय करोड भारु रुपैयाँको  लगानीलाई तत्कालका लागि रोकिदिएको छ।

राज्यका उद्योग राज्यमन्त्री अदिति तटकरेका अनुसार राज्यको गठबन्धन सरकार र केन्द्र सरकारबीचको सहमति अनुसार यो निर्णय भएको हो।
 
उनका अनुसार चिनियाँ कम्पनी ग्रेट वाल मोटर्ससँग पछिल्लो महिना लगानी भित्र्याउन सम्झौतामा हस्ताक्षर भएको थियो। यसबाट महाराष्ट्रमा रोजगारीको अवसर समेत सृजना हुन्थ्यो। 

तर, लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिएपछि यो परिस्थिति सृजना भएको बताइन्छ।   
  

salt training

कमेन्ट गर्नुहोस्