१० असार २०८३, बुधबार

कोरोनाको औषधि बनाउने दाबी गर्ने रामदेवमाथि उजुरी दर्ता

असार १०, २०७७
कोरोनाको औषधि बनाउने दाबी गर्ने रामदेवमाथि उजुरी दर्ता

कोरोनाभाइरसविरुद्धको औषधि कोरोनिल बनाएको दाबी गर्ने बाबा रामदेवविरुद्ध भारतमा उजुरी दर्ता गरिएको छ । 
 

पतञ्जलि कम्पनीले मंगलवार औषधि ल्याउने घोषणा गरेदेखि नै बाबा रामदेव विवादमा परेका छन् । 

औषधिको शुभारम्भ गरिएको भनी प्रचार गरेको पाँच घन्टाभित्र भारतको केन्द्र सरकारले कोरोनिल औषधिमा रोक लगाएको छ । अनुमति नलिइकन उपचारको दाबी गर्नु गलत भएको उसको जिकिर छ । 

औषधि ल्याउनुअघि त्यसमा गरिएको अनुसन्धानको विवरण दिनुपर्ने हुन्छ । 
 

रामदेव चाहिँ औषधिको ट्रायल गरिसकिएको बताउँछन् । 

राजस्थानको जयपुरमा रामदेवविरुद्ध उजुरी दर्ता गरिएको छ । डा संजीव गुप्ताले गान्धी नगर थानामा उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । कोरोनाको औषधि बनाएको भनेर रामदेवले मानिसहरूलाई भ्रमित पारेको आरोप उनले लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्