
राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियारलाई निजी क्षेत्र हेर्न अधिकार दिन नहुने बताएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रसमेत हेर्ने गरी कानुन संशोधन गर्न लागेपछि राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी यो कदमलाई गलत र विवेकहीन भनेका हुन्।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ। देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ। अतः यो प्रावधान अगाडि वढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी, राप्रपाले किसानलाई रासायनिक मल उपलब्ध गराउनुपर्ने माग गरेको छ। ‘देशमा मलको हाहाकार छ र उत्पादन वृद्धि गर्ने मौकाबाट किसान वञ्चित हुँदैछन्। नेपाल सरकारले मल पु¥याउन सकेको छैन। यो स्थितिमा अविलम्ब सुधार गरियोस् र किसानलाई मलको व्यवस्था गरियोस भनि राप्रपा जोडदार माग गर्दछ।’
