०३ साउन २०८३, आइतबार

एकैदिन ११ सय नेपाली स्वदेश फर्किए

एकैदिन ११ सय नेपाली स्वदेश फर्किए

बिहीबार विभिन्न देशबाछ  एक हजार ३ सय नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकैदिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत नेपालीलाई स्वदेश ल्याइएको हो। 

नेपाल वायु सेवा निगमले जापानको नारिताबाट २ सय ४२ यात्रु र दुई बच्चा र कुवेतबाट १ सय ४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १ सय ५४ र दोहाबाट १ सय ५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १ सय ४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।

कतार एयरवेजले दोहाबाट १ सय ४७ यात्रु काठमाडौँ ल्याएको छ। फ्लाइ दुबईले दुबईबाट १ सय ८९ यात्रु र एक बच्चा ल्याएको छ। 
सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्