२३ असार २०८३, मंगलबार

कोरोना संक्रमितको उपचारका लागि ‘रेमडेसिवियर’ प्रयाेग गर्न इयुको अनुमति

असार ११, २०७७
कोरोना संक्रमितको उपचारका लागि ‘रेमडेसिवियर’ प्रयाेग गर्न इयुको अनुमति

युरोपियन युनियन (इय) को एक निकायले कोरोना भाइरस संक्रमितको उपचारका लागि एन्टी भाइसर औषधि ‘रेमडेसिवियर’ को प्रयोग गर्न अनुमति दिएको छ।

इयुको हेल्थकेयर रेगुलेटर द यूरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले निमोनियाबाट प्रताडित भइ अक्सिजनको आवश्यकता रहेका कोरोेना संक्रमितलाई रेमडेसिवियर औषधि दिन मिल्ने भनेको हो।
यद्यपि, संक्रमितको उमेर १२ वर्षभन्दा माथि हुनुपर्नेछ।

रेमडेसिवियरको प्रयोग इबोला भाइरसविरुद्ध पनि गरिएको थियो।

कोरोना भाइरसविरुद्ध प्रयोग हुनसक्ने खोप र औषधिका लागि विश्वभर शोध भइरहेको छ।

बेलायतमा केही महिना अघि केही छनोटमा परेका कोरोना विशेष अस्पताललाई उक्त औषधि प्रयोग गर्न अनुमति दिइएको थियो।

इयुका सबै देशले उक्त औषधिको प्रयोगका लागि यूरोपीय आयोगबाट अनुमति लिनुपर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्