१२ साउन २०८३, मंगलबार

नारायणीमा एक युवक बेपत्ता

नारायणीमा एक युवक बेपत्ता

नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ । 

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।
 

कमेन्ट गर्नुहोस्