२३ जेठ २०८३, शनिबार

मोबाइल खल्तीमा राख्नु घातक, बाँझोपनको समस्या हुनसक्ने (भिडियो सहित)

कात्तिक २०, २०७४
मोबाइल खल्तीमा राख्नु घातक, बाँझोपनको समस्या हुनसक्ने (भिडियो सहित)

प्रायः मानिसले मोबाइल पाइन्टको खल्तीमा राख्ने गरिन्छ । तर यसरी खल्तीमा मोबाइल राख्दा त्यसको नकारात्मक प्रभाव के रहन्छ भने ज्ञान हुँदैन । हालै अस्ट्रेलियाको विश्वविद्यालयका गरिएको एक रिसर्चका अनुसार विशेषतः पुरुषले पाइन्टको खल्तीमा मोबाइल राख्दा मोबाइलको बिकिरणका कारण बीर्य निष्कासनमा असर हुन गई प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्ने तथ्य पत्ता लगाएका छन् ।

बिकिरणको प्रभाव अप्रत्यक्ष रूपमा पर्ने कारण खासै ख्याल नगर्ने भए पनि हालै पत्ता लगाएको उक्त तथ्यले पुरुषलाई खल्तीमा मोबाइल राख्ने बानी खतरनाक भएको देखिएको छ । तथ्यगत आधारमा डाक्टरहरूको २१ रिसर्च पेपरका आधारमा मोबाइलको बिकिरणको कारण पुरुषको प्रजनन क्षमता दीर्घकालीन असर पर्ने आधारहरू बाहिर आएका छन् । रिसर्चका आधारमा बिकिरणका कारण वीर्यमा असर पर्न गई डिएमएमा खराबी आउने देखिएको हो । शारीरिक क्रियाकलापमा बिकिरणको प्रभावमा मत बाझिएपनि मोबाइलको बिकिरणले शरीरमा पर्ने प्रभाव भने निश्चित छ ।

हुन त सामाजिक स्वास्थ्य अनुसन्धानकर्मीहरू मोबाइलको बिकिरणको प्रभाव शरीरमा पर्ने बारे खुलेर व्याख्या गर्न हिचकिचाउँछन् । तर न्यू क्याटलका अष्ट्रेलियन विश्व विद्यालय गरेको अध्ययनका अनुसार निम्न असरहरू पर्ने देखिन्छ। बाँझोपनमा समस्या ल्याउने चालिस प्रतिशत कारण मध्ये पुरुषले मोबाइल पाइन्टको खल्तीमा राख्ने कारण हुने अनुसन्धानबाट पत्ता लागेको छ । मोबाइल खल्तीमा राख्दा मोबाइलबाट रेडियो फ्रिक्वेन्सी इलेक्ट्रो म्याग्नेटिक बिकिरणका माध्यमबाट पुरुषको वीर्य निष्कासनमा प्रभावित हुने गर्छ ।

birya

पुरुषको वीर्यको अटोमेटिक उत्पादन र विकासमा असर गरी आरओएस र डिएनए मा कमी आउने तथ्यमा छ । २७ वटा अनुसन्धानका विषयका आधारमा २१ वटा अनुसन्धानले मोबाइल बिकिरणले वीर्य उत्पादन क्षमता ह्रास हुने पत्ता लगाएको हो । करिब १५ सय मानिसमा गरिएको अनुसन्धानका क्रममा यो तथ्य पत्ता लागेको हो । तथ्यका आधारमा मोबाइल बिकिरणका कारण आठ प्रतिशत वीर्यको उत्पादनमा कमी आउने र नौ प्रतिशत नयाँ वीर्य विकासमा प्रभावित हुने देखिएको हो ।

यो तथ्य बाहिर आएसँगै मोबाइलको बिकिरणको नकारात्मक असरको बारेमा थप खतरनाक तथ्य बाहिर आएको छ । तर पनि कयौँ यस तथ्यलाई बेवास्ता गरेर मोबाइल खल्तीमा राखेर भविष्यमा हुने बाँझोपन हुने मान्न तयार छैनन् । अनुसन्धानकर्मी डा.मोस्कोविट्जका अनुसार पुरुषहरूलाई मोबाइल खल्तीमा राख्दा प्रजननमा खतरा आउने भन्दै त्यसो नगर्न सल्लाह दिन्छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ म गरिएको अनुसन्धानले मोबाइलको विकिरणका कारण क्यान्सरसम्मको खतरा हुने तथ्य पत्ता लगाएको थियो । 


salt training

कमेन्ट गर्नुहोस्