लद्दाखमा चीनले देखाएको व्यवहार उसको ठूलै योजनाको एक भाग भएको भारतले निष्कर्ष निकालेको छ । चीन पूरै गलवान उपत्यकालाई नियन्त्रणमा लिन चाहन्छ ।
पाकिस्तान र चीनलाई जोड्ने पेटी सडक पहलअन्तर्गत चीनले यस्तो योजना बनाएको हो ।
सिनजियाङबाट काराकोरम पास अनि सियाचिन हुँदै चीन बलुचिस्तानको ग्वादर बन्दरगाह पुग्न खोज्दैछ । गलवान उपत्यकामा कब्जा गरेर उसले आफ्नो सडकमार्गमा आउने सबै किसिमका खतरालाई रोक्न खोजेको हो ।
गलवान उपत्यकाबाट सैनिक हटाउन मानेको भए पनि चीनले देप्साङमा सैन्य तैनाथी बढाएको छ । देप्साङ काराकोरम र भारतीय एयरस्ट्रिप नजिक पर्छ ।
भारतीय विज्ञहरूले चीन देप्साङमा ध्यान हटाउने कोशिश (डाइभर्जन ट्याक्टिक्स) मा लागेको बताए । देप्साङमा गलवानभन्दा बढी सैनिक भारतले तैनाथ गरेमा पूरै गलवान कब्जा गर्न उसलाई सहज हुने सम्भावना छ ।