०३ असार २०८३, बुधबार

मध्यरातको १२ बजेबाट ३ करोड नाघ्यो नेपालको जनसंख्या

मध्यरातको १२ बजेबाट ३ करोड नाघ्यो नेपालको जनसंख्या

नेपालको जनसंख्या ३ करोड नाघेको छ ।

केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा नेपालको आजको जनसंख्या ३ करोड ६ सय ३४ देखाइएको छ ।

विभागको स्वचालित सिस्टमअनुसार गएराति १२ बजेबाट जनसंख्या ३ करोड नाघेको तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए ।

जनसंख्या वृद्धिदर, मृत्युदर, नेट माइग्रेसन (समग्र बसाइसराइ) आदि तथ्यहरूका आधारमा स्वचालित सिस्टमबाट दैनिक जनसंख्या क्याल्कुलेसन हुने गरेको सूचना अधिकारी चौलागाईंले बताए ।

विश्वभर नै यही पद्धतिका आधारमा दैनिक जनसंख्या क्याल्कुलेसन हुने गरेको छ ।

वास्तविक गणना भने १०/१० वर्षमा हुने गर्छ । नेपालको आगामी जनगणना २०७८ सालमा हुनेछ ।

हालसम्मको ट्रेन्ड हेर्दा स्वचालित सिस्टमबाट गरिएको हिसाब वास्तविक जनगणनासँग लगभग मिल्ने गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्