२२ जेठ २०८३, शुक्रबार

धेरै ‘राम्री’ भएको भन्दै नायिकामाथि सरकारले गर्यो यस्तो

कात्तिक २०, २०७४
धेरै ‘राम्री’ भएको भन्दै नायिकामाथि सरकारले गर्यो यस्तो

आफू राम्री नभएकोमा केही युवती चिन्तित हुन्छन् । तर, एक २४ वर्षीय युवती भने अत्याधिक राम्री भएकी कारण समस्यामा परेकी छिन् । नायिकाको रुपमा देखा पर्ने यीनि सुन्दरी भएका कारण प्रतिवन्धित नै हुनुपरेको छ ।

कम्बोडियाली नायिका डेनी ननलाई अर्को एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । उनी सेक्सी भएको भन्दै त्यहाँको सरकारले उनीमाथि प्रतिवन्ध लगाएको हो ।

कम्बोडिया संस्कृति र कला मन्त्रालयकाअनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरिरहेको छ । फेसबुकमा उनको संसारभरबाट ३ लाखभन्दा धेरै फलोअर्स छन् ।


यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् ।


नन भन्छिन्, ‘कम्बोडियामा थुप्रै सेक्सी कलाकार छन् । कोही त सुटिङका बेला मभन्दा बढि सेक्सी पोज दिने गर्दछन्, चुम्बनका दृश्य दिन्छन्, बेड सिन दिन्छन् ।’


ननले तस्बिर पोष्ट गर्ने बेला अब धेरै सेक्सी देखिने फोटो सार्वजनिक नगर्ने बताएकी छिन् । यद्यपी, आफू प्राकृतिक रुपमा नै सेक्सी देखिने गरेको उनको भनाइ छ ।


यता डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोउन वंथाले भने, ‘मिस ननलाई यो सजायँ दिइएको हो किनभने उनले मन्त्रालयलाई गत मे महिनामा दिएको लिखित प्रतिबद्धतालाई पूरा गर्न असफल भएकी छिन् ।’




salt training

कमेन्ट गर्नुहोस्