लिखित परीक्षा र अन्तर्वार्ताबाट छानिएका २२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिश भएका छन् ।
लोकसेवा आयोगले लिखित परीक्षामा छनोट भएका २८ जनामध्ये अन्तर्वार्तामा उपस्थित २७ जनाबाट २२ जनाको नाम सहसचिवमा बढुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गरेको हो ।
अन्तर्वार्ता यही असारको २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो । अन्य ५ जनाको नाम वैकल्पिकमा छ ।
अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सिफारिश गरिएको आयोगले शुक्रवार सूचना प्रकाशित गर्दै जनाएको छ ।
को-को भए सिफारिश ?

