२२ जेठ २०८३, शुक्रबार

सगरमाथा आधारशिविर छेउमा शव भेटियो

कात्तिक २०, २०७४
सगरमाथा आधारशिविर छेउमा शव भेटियो


सोलुखुम्बु, १६ वैशाख - सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ ।

सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उनले बताए ।

सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ । सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्