२५ असार २०८३, बिहीबार

क्वारेन्टीनमा मृत्यु भएकी बालिकामा कोरोना भेटिएन

असार १३, २०७७
क्वारेन्टीनमा मृत्यु भएकी बालिकामा कोरोना भेटिएन

प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टीनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए। 

गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टीनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी  गरिएको थियो ।

आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टीनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो  ।  बालिका मिर्गाैला र रक्त अर्बुदरोगको बिरामी थिइन् ।

 

salt training

कमेन्ट गर्नुहोस्